पोखरामा गुरुङ चलचित्र ‘सैंबैं ट’ को प्रिमियर शो हुने

पाेखरा | कात्तिक २२, २०८०

पोखरामा गुरुङ चलचित्र ‘सैंबैं ट’ को प्रिमियर शो हुने

पोखरा:  पोखरामा आगामी मंसिर ९ गते गुरुङ समुदायमा आधारित तमु चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को विशेष प्रदर्शन (प्रिमियर शो) हुने भएको छ ।

 

माओत्से गुरुङ फिल्मस् सँगको सहकार्यमा उचाई स्टुडियो प्रालिको ब्यानरमा निर्मित चलचित्रको ट्रेडमलस्थित सिनेप्लेक्समा मंसिर ९ गते  बिहान १० बजे विशेष प्रदर्शन हुने निर्माण टिमले जनाएको छ ।

 

रत्ना गुरुङद्वारा लिखित तथा निर्देशित सो चलचित्रको च्यारिटी शुल्क  १ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

 

चलचित्रमा नायकका रुपमा विश्वात्मा गुरुङलाई देख्न सकिन्छ भने नायिकाकी रुपमा कृष्टि गुरुङले अभिनय गरेकी छिन् । 

 

यस्तै चलचित्रमा गजेन्द्र गुरुङ, सूर्य सुनुवार, डिबी गुरुङ, लालशोभा गुरुङ, प्रकृति गुरुङ, राममाया गुरुङ लगायत कलाकारको भूमिका रहेको छ । 

 

निर्देशक गुरुङका अनुसार गुरुङ समुदायको संस्कार, संस्कृति र परिवेशमा आधारित चलचित्रमा प्रेमको विषयलाई केनद्रमा राखेर फिल्म निर्माण गरिएको छ ।

 

पारिवारिक एवं प्रेमकथामा आधारित उक्त चलचित्रको छायांकन स्याङ्जाको कोल्मा, पोखरीछाप तथा पोखराका विभिन्न स्थानमा गरिएको निर्देशक गुरुङले जानकारी दिइन् ।

 

उनले चलचित्रमा प्रविधिक पक्षमा नयाँपनको अभ्यास गरिएको बताउदै चलचित्र विशेष बनेको बताइन् ।  चलचित्रको निर्मातासमेत रहेकी गुरुङले यसअघि लघु चलचित्र म्हैता (पाईला)को पनि निर्देशन गरेकी थिइन् । 

 

चलचित्र ‘सैंबैं ट’ (मनको फूल) को सम्पादन दिपेश गुरुङले गरेका छन् भने छायांकन सन्देश गुरुङले गरेका हुन् । विशेष प्रदर्शनको टिकट उचाई स्टुडियो प्रालि (९८०६७०४६७९) बाट प्राप्त गर्न सकिने निर्माण टिमले जनाएको छ ।


 

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्